ईमाडोल ललितपुर
महालक्ष्मी नगरपालिका भित्रका सडक स्तर उन्नतिको बहानामा स्थानिय सरकारको चरम लापर्वाहीका कारण स्थानिय बासिन्दाहरुले भोग्नुपरिरहेको सास्ती बेहिसाब भयको गुनासो हरु सुनिन थालेको छ ।
सडकको धुलो,अब्यबस्थित ढंगले निर्माण सामाग्री राखिनु जस्ता कारणबाट सिर्जित समस्यालाई पटक पटक वडा र नगर पालिका लाई अवगत गराउदा समेत बेवास्ता गरियको भन्दै सोमबार बिहान देखी स्थानिय बासिन्दा,बुद्दिजिबी तथा टोलसुधार समितीको एैकेबद्दतामा कृष्ण मन्दिर टिकाथली सडक बन्द गरेका छन ।
बिगत ६ महिना देखि स्थानीय सरकार र ठेकदारको चरम लापरबाहीले गर्दा बाटो अस्त ब्यस्त भयको,धुलोले बसि नसक्नु, हिडि नसक्नु भएर पटक पटक मेयर र वडाअध्यक्ष संग गुहार माग्दा पनि कुनै सुनुवाई नभए पछि वाध्य भएर कृष्ण मन्दिर टिकाथली सड्क बन्द गरेको बताउदै स्थानिय नेता प्रकाश पराजुलीले तत्काल सुनुवाई नभए आन्दोलनका कार्यक्रमहरु अघी बढाउने बतायका छन । ईमाडोल ललितपुर सडकका बिभिन्न ठाउँमा टायर बांस र ढुङ्गा राखेर कुनैपनी सवारी साधन आवत जावत गर्न नमिल्ने गरी छेकियको छ ।














प्रतिक्रिया