आज (शुक्रवार) बिहान भक्तपुरमा आफ्नै घरबाट खसेर एक युवती को मृत्यु भएको हो । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकमा बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेना सितिखुको मृत्यु भएको छ।
प्रहरी परिसर भक्तपुरको अनुसार उनी आफ्नै घरको चार तलाबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको हो । उनको उपचारकै क्रममा मृत्यु भएको महानगरिय प्रहरी भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रजु पाण्डेले बताएका हुन् । घट्ना स्थलको प्रहरीले अनुसन्धान गरिरहेको परिसरले बताएको छ ।














प्रतिक्रिया