कुनै समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो लगेज चोरी हुन्थ्यो । तर, विगत केहि बर्षदेखि लगेज चोरी बन्द भएको थियो । तर मिति २०७८ पुस २७ गते मंगलवार दिउसो १:४५ बजे हिमालयन एरलाइन्सको फ्लाइट नम्बर H9678 मा काठमाडौं बाट बंगलादेशको राजधानी ढाका गएका नेपाली बिधार्थीको लगेज बाट चोरी भएको छ । नित्या कार्की नाम गरेको बिधार्थीको लगेजको ताल्चा फुटाएर H9464011 नम्बर लगेज बाट खाम भएको आठ सय डलर, खानेकुरा र मोवाइल चार्जर चोरि भएको छ । ढाका एर्पोटमा कार्यरत प्रहरीको मदतले सिसिटिभी फुटेज हेर्दा त्यहाँ कुनैपनि त्यस्तो कार्य नभएको देखियो।

पिडित यात्रीले घटनाको भोलि पल्ट (आज) आफ्ना दाजुलाई नेपालको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा बुझ्न पठाउदा तिनलाई २ घण्टा कुर्न लगाई, सिसिटिभी फुटेज डाउनलोड नभएको र अर्को दिन आउनुस”भनि फिर्ता पठाइएको बताए । हिमालयन एयरलाइन्स बाट भएको यस्तो लापरवाही प्रति सम्बन्धित निकाएको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । यथाशिघ्र आवश्यक छानबिन गरि पिडित बिधार्थीलाई छिटै न्याय पाउनेछन् भने आशावादी रहेको “नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन”का अध्यक्ष नवीन यादवले बताए । नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन”ले प्रेस बिज्ञप्ति पनि जारी गरेको छ ।

यथाशिघ्र आवश्यक छानबिन गरि पिडित यात्री बिधार्थीको रकम ,सामान हस्तान्तरण गर्न उनले माग गरेका छन्। उनले छानविनमा सहयोग नगरे बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली बिद्यार्थीहरुले हिमालयन एयरलाइन्सलाइ बहिस्कार गर्न बाध्य हुने समेत बताए। साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,नेपाल नागरिक उड्डयन प्राविधिकरण र सम्बन्धित निकायलाई घटनाबारे ध्यानाकर्षण गराएका छन्।














प्रतिक्रिया