भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।
ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर बेहोस् भएका थिए । त्यसपछि उनलाई तुरुन्तै उपचारका लागि केएमसी हस्पिटल सिनामंगल लगिएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए ।














प्रतिक्रिया