संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी गराएको छ। कोभिडको तेस्रो लहरबाट उनि अछुतो रहन सकेनन । लगातार हाइप्रोफाइल नेताहरूमा सङ्क्रमण पुष्टि हुने क्रममा सोमबार मन्त्री आले पनि सङ्क्रमित हुन पुगेका हुन ।
यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर तिब्र गतिमा बढिरहेको छ ।














प्रतिक्रिया