दुखद खबर: सिरहामा ६२ वर्षीया महिलाको कोरोना बाट मृत्यु !


सिरहामा १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका-१९ का ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार बिहान ११:४५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ५ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा मुटुसम्बन्धी समस्या थियो ।