पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ संक्रमित थपिएका छन्। यस्तै काठमाडौं उपत्यकामा ५२ हजार ८४२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८५८१, ललितपुरमा ९०५१ र भक्तपुरमा ५२१० सक्रिय संक्रमित छन्।
नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ८ हजार ५४ र एन्टिजेन परीक्षणबाट २२६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण गरिएको थियो।
देशभर ८२ हजार ५५० जना कोरोनाका सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। यस्तै २५४० जना संक्रमणबाट मुक्त भएका छन्।














प्रतिक्रिया