मौरिससविरुद्धको खेलमा नेपाललाई अग्रता


अफ्रिकन राष्ट्र मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रङ्गशालामा सुरु भएको खेलमा विमल घर्तीमगरले नेपाललाई अग्रता दिलाएका हुन । विमलले ५४ मिनेटमा गोल गरेका हुन् ।
उनले योसहित नेपालका लागि व्यक्तिगत ९ गोल पुर्याएका छन् ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलोपटक मौरिससविरुद्ध खेल्न लागेको हो ।​ मौरिसस नेपालविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आइपुगेको थियो । यससँगै गत अक्टोबरमा सम्पन्न दक्षिण एसियाली च्याम्पियनसिपको फाइनलपछि नेपाल पहिलोपटक मैदान उत्रिएको हो । जिल्ला प्रशासन कार्यालयले खेलमा सीमित सङ्ख्यामा दर्शक राख्न अनुमति दिएपछि पाँच हजार दर्शकसहित खेल सुरु भएको छ ।