चर्चित भल्गर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । कार्कीले प्रयोग गर्दै आएको ‘चेतन व्लग’ आवरणको मिनी ट्रकलाई रोकी चेकजाँच तथा खानतलासी गर्दा ४.१३० ग्राम तथा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।उनले लगाएको खैरो रंगको ट्रयाकको दाहिने खल्तीबाट खैरो हेरोइन र उनले चलाएको गाडीमा राखिएको गोल्डेन रंगको गितारको कभरबाट ६.९४० ग्राम जाँजा बरामद भएको जिल्ला प्रहरी सिन्धुलीका डिएसपीले जानकारी दिए ।
उनले प्रयोग गर्दै आएको मिनी ट्रक शंकास्पद थियो । काठमाडौं महानगरपालिका वडा नम्बर २६ सामाखुशी बस्ने ३७ वर्षीय चेतनले चलाएको बागमती प्रदेश ०१–००३–क ९१८२ नम्बरको मिनी ट्रकलाई प्रहरी रोकेर चेकजाँच गरेको थियो । हेर्दै अचम्म खालको गाडी देखिएपछि प्रहरीले खानतलासी गरेको प्रहरीले बताएको छ । गाडीभित्रै बेडरुम, किचेन, बाथरुम र स्टुडियोको रुपमा प्रयोग गर्दै आएको पाइएको छ । गाडीलाई मोडीफाइ गरी उनले गाडी भित्रै गीत रेकर्ड गर्न सकिने प्रविधि जडान गरिएको पाइएको प्रहरीले बताएको छ ।















प्रतिक्रिया