बैदेशकि रोजगारको शिलशिलामा बिगत केही समयदेखि मलेसियामा रहेका गायक राहुल तामाङले नयाँ गीतहरुका साथ आउने भएका छन् । राहुलले तीनटा साँगीतिक कोसेली एकै पटक ल्याउने तयारी गरेका हुन् । सिन्धुपाल्चोक जिल्ला घर भएका उनी करीब ४ वर्षदेखि मलेसियामा छन् । मलेसिया जानु अगाडि एउटा लोकदोहोरी गीत मार्फत दर्शक तथा श्रोता माझ सांगीतिक उपस्थिति जनाइ सकेका राहुलले आफ्ना नयाँ गीतहरु रेकर्डिङ तथा भिडियो छायांकनको अन्तिम तयारी भइरहेकोले छिट्टै दर्शक तथा श्रोतासामु ल्याउँने बताएका छन् । त्यसका लागि उनी चाँडै नेपाल आउँदैछन् ।
पछिल्लो समय निरन्तर व्यस्त रहेका चर्चित संगीतकार टिका बम्जनको शब्द तथा संगीतमा तीनवटै गीतहरु तयार भइ सकेका छन् । आफूले राहुलको स्वर सुनेर सोही अनुसार संगीत तयार गरेको जानकारी संगीतकार बम्जनले दिए । तीनवटै गीतहरु सेलो बिटमा रहने समेत बम्जनको भनाइ रहेको छ । गायक राहुलले अब प्रस्तुत हुने तीनवटा गीतबाट आफूले दर्शक तथा श्रोताले राम्रो माया गर्नेमा आफू आशावादी रहेको बताए । सेलो मात्र नभइ जुनसुकै प्रकारको गीत पनि गाउन आफू सक्षम रहेको उनको भनाइ रहेको छ ।














प्रतिक्रिया