बुढीगङ्गा नगरपालिका-६ बाम्का बजार नजिकै शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै अर्को एक जना घाइते भएका छन् ।
अछाम जिल्ला घर भई बाम्का बजारमा सुन चाँदी पसल गर्दै आएका मोटरसाइकल चालक बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको र त्यसमा सवार त्रिवेणी नगरपालिका-४ का गगन साउद घाइते भएको प्रहरीले जनाएको छ । साउद सख्त घाइते भएकाले अछामको बयालपाटा अस्पतालमा उनको उपचार भइरहेको बताइएको छ । फालासैनबाट बाम्का जाँदै गरेको सुप्रप-०१-००८प ४०५० नंको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको थियो ।














प्रतिक्रिया