कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय निर्वाचनमा गाई चुनाव चिन्हमा भोट माग्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचनमा गाईलाई पार्टीको चुनाव चिन्ह बनाउने निर्णय भएको हो ।
यसअघि राप्रपामा छँदा चुनाव चिन्ह के बनाउने विषयमा ठुलो गलफती भएको थियो । त्यति बेला राप्रपाले गाई छाडेर हलोलाई चुनाव चिन्ह बनाउने निर्णय गरेको थियो । बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ । जसअनुसार स्थानीय निर्वाचनको तयारीका लागि सुशील श्रेष्ठको संयोजकत्वमा स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।














प्रतिक्रिया