राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नेको लर्को


राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाहीले हजारौंको समुहलाई राप्रपामा प्रवेश गराएका छन् |

अभियान पार्टीमा समायोजन भएर राप्रपामा प्रवक्ताको जिम्मेवारी लिएसंगै शाही यतिखेर पार्टीको काममा देशव्यापी भ्रमण र कार्यक्रममा व्यस्त छन् |भ्रमण संगै यतिखेर राप्रपा अध्यक्ष लिंग्देन र शाही देशव्यापी रुपमा पार्टी प्रवेशको माहोल चलाइरहेका छन् |

ज्ञानेन्द्रले कैलालिको धनागढ़ी उपमाहानगरपालिका को फूलबारीमा हजारौंको समुहामा स्वतन्त्र नागरिक र बिभिन्न पार्टीका परित्याग गरि आउने कार्यकर्तालाई पार्टीमा प्रबेश गराएका हुन् | स्वतन्त्र नागरिक , नेपाल प्रहरीका पुर्ब डिएसपी , पुर्ब लडाकु , बिभिन्न पार्टी परित्याग गरि आउने समुहलाई शाहीले पार्टीमा प्रवेश गराएका हुन् | पार्टी प्रबेश गर्ने नब आगन्तुकलाई शाहीले पार्टीमा स्वागत गरेका हुन् |