स्थानिय सरकार कमिसनको आडमा चुनाव खर्च जोड्नमै मस्त, टोल बिकास सस्था विकासमा ब्यस्त


ललितपुर इमाडोल- ललितपुर इमाडोलको शुभश्री बस्तिमा सडक स्तर उन्नतीको कार्य अगाडी बढेको छ । शहरी बिकास मन्त्रालय अन्तरगत करिब ९० लाख रकममा ३५० मिटर ढल निर्माण तथा ४१५ मिटर सडक ढलान सहितको पिच कार्य अघी बढेको शुभ श्री टोल बिकास सस्थाका कोसाध्यक्ष जेम्स भण्डारीले बतायका छन । उनका अनुसार चैत्र दोश्रो सातामा सबै काम सकिने छ । स्थानिय सरकारको बेवास्तामा परेको बस्ती भित्र ब्यापारिक हिसाबले रातारात घरहरु निर्माण हुने तर ब्याबसायिक घरमा हुनुपर्ने पूर्वधारहरु (ढल निकास, सडक ब्यबस्थित, खानेपानी) बिनानै अंसबन्डाको शैलिमा कित्ताकाट र निर्माण गरी बिक्री बितरण गर्ने सस्कार हुर्किरहेका कारण बस्तिका बासिन्दाहरुले निकै सास्ती खेप्नुपरेका कारण अबका दिनमा यो शैली तोडेर अघी बढ्न जुनसुकै कदम पनि उठाउन तयार रहेको बताउदै बस्तिका एक विद्वान बिबेक पन्तले भु माफियाका पछी लाग्ने राजनीतिक सस्कार अन्त नभयसम्म सर्बसाधारणहरु मारमा परिरहने जिकिर गरे ।

सस्थाका अध्यक्ष रमेश कुमार थापाले आफ्नो बस्तिलाई नमुना बस्ती निर्माण गरी उधारण प्रस्तुत गर्ने बताउदै टोलबासिसँग पैसा उठायर टोल बिकासको ढोङ फुक्ने ढोङी सस्कारलाई अन्त गर्दै राज्यको सहभागितामा आफ्नो बस्तिमा बिकासको कार्य भैरहेकोमा खुशी ब्यक्त गरे । आफ्नो पार्टिको मतदाता कती छन त्यसैको आधारमा बजेट बाड्ने स्थानिय सरकारले नयाँ बस्तिमा केही नगरेको गुनासो गर्दै टोलबासी पत्रकार नबिन गिरिले स्थानिय सरकार कमिसनको आडमा चुनाव खर्च जोड्नमै मस्त भयको र केन्द्रिय सरकारको बिकास बजेट कार्यन्वयन भयको ठाउमा जादै सेल्फी खिचेर फेसबुकमा अपलोड गर्दैमा जनता नझुक्किने बतायका छन । ललितपुरको ग्वार्को देखी ३ किलोमिटर भित्र पर्ने शुभश्री बस्तीमा १२० बढी नयाँ पुराना बासिन्दाहरुको बसोबास रहेको छ ।