भारतमा बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ प्रदर्शनलाई ध्यानमा राख्दै सिनेमाघरहरूमा सुरक्षा कडा पारिएको छ । ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको उक्त फिल्म आगामी शुक्रबारदेखि प्रदर्शन सुरु हुन लागेको छ ।
साउथ स्टार रामचरण तेजा र जुनियर एनटीआरसँग बलिउडका आलिया भट्ट र अजय देवगन अभिनित ‘आरआरआर’ कोरोना महामारी घटेपछि मात्रै प्रदर्शन थाल्ने तयारी थियो । आन्ध्र प्रदेश श्रीकालाकुलमको सूर्या थिएटरमा पर्दा अगाडि काँडेतार लगाइएको छ ।
दर्शकको भीड अराजक हुन सक्ने आकलन गर्दै पर्दा जोगाउन काँडेतार लगाइएको बताइएको छ । आन्ध्र प्रदेशकै अर्को एक सिनेमाघरमा पर्दा अगाडि काठका बारहरू लगाइएको छ । कतिपय हलमा भने पर्दाअगाडि प्लाईबोर्डमा किला ठोकेर राखिएको छ ।
प्रतिक्रिया