आईपीओ भर्ने आज अन्तिम दिन, कतिले दिए आवेदन ?


बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को आज अन्तिम दिन । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्मका लागि कुल १८ लाख २७ हजार ९७० कित्ता प्राथमिक सेयर जारी गरेको थियो ।

अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरिदका लागि २ अर्ब ४१ करोड ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बिहान १० बजेसम्म २० लाख ७७ हजार ६४८ जनाले २ करोड ४१ लाख ८३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणले माग गरेको भन्दा १४.४८ गुणा बढी आवेदन हो ।

बलेफीले चैत १६ गतेबाट सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई जारी गरिएको थियो । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा व्यवस्थापनमा ग्लोबल आइएमई क्यापिटल रहेको