काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका अनुसार नेपाल प्रहरीको साइबर ब्युरोले जारी गरेको पक्राउ पुर्जीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
दाहाललाई साइबर ब्युरोको आग्रह तथा जारी पक्राउ पुर्जीका आधारमा स्थानीय प्रहरी टोलीले बेलबारीबाट पक्राउ गरेको बताइएको छ । प्रहरीले पक्राउको कारण तथा उनीमाथि लागेको आरोपबारे थप विवरण सार्वजनिक गरेको छैन ।
पक्राउपछि दाहाललाई काठमाडौं ल्याएर साइबर ब्युरोको समन्वयमा थप अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । घटनासम्बन्धी थप कानुनी प्रक्रिया काठमाडौं पुगेपछि अघि बढाइने जनाइएको छ ।



















प्रतिक्रिया