यति खेर राजेन्द्र लिङ्देल अहिले देश दौडाहामा छन् । आसन्न स्थानीय निर्वाचनको मिति नजिकिएसँगै उनी देश दौडाहामा व्यस्त रहेका हुन् । नेताहरू मात्र होइन कलाकार पनि अहिले व्यस्त नै छन् । कोरोना महामारीका कारण लामो समय घरमै बसेका उनीहरूलाई अहिले भने मेला महोत्सवमा भाग लिन भ्याइनभ्याई छ । लोकप्रिय गायक प्रमोद खरेललाई पनि अहिले लगातारको महोत्सव/कन्सर्टले व्यस्त बनाएको छ ।
यसैबीच, प्रमोद र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देलबीच एक विमानस्थलमा जम्काभेट भएको छ । ‘माननीय ज्यूसँग एअरपोर्टमा जम्काभेट, उहाँ आमसभातिर म कन्सर्टतिर,’ प्रमोदले फेसबुकमा लेखेका छन्। उनले कुन विमानस्थलमा भेट भएको हो भनेर चाहिँ खुलाएका छैनन् ।
प्रतिक्रिया