ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।
सोलुखुम्बुबाट विराटनगरका तर्फ जाँदै गरेको बा१७च १०९४ नम्बरको जीप बिहीबार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य सातजना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, हवल्दार भूपेन्द्र खनाल र प्रहरी जवान रुपक विष्ट रहेका छन् । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता उद्धव पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया