काठमाडौंको मेयर बन्न बालेन शाहले दर्ता गरे उम्मेदवारी…..(भिडियो सहित)


काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्। आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ।