आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदै


मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।

सरकारले आज अगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश हुन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् । मंगलबार प्रस्तुत हुने नीति तथा कार्यक्रमअनुसार नै सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नेछ । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी कार्यक्रम र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित हुने जानकारी दिइएको छ ।