लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीले आज बिहानै आफ्ना प्रेमी एकराज बस्नेतको घरमा घुसेर ताण्डव मच्चाएकी छन् । उनले ‘मेरो पोइ खोइ? ’ भन्दै एकराजकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन् ।
घटना हुँदा एकराज घरमा थिइएन्। एकराजकी पत्नी मिनाले आफन्तलाई खबर गरेपछि आफन्तले प्रहरी बोलाएका थिए । लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफ्ना ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई हातपात गरेपछि अहिले प्रहरी नियन्त्रणमा छिन् । उनलाई राखिएको जिल्ला प्रहरी कार्यालय तुलसीपुरमा अहिले सुरक्षा कडा गरिएको छ र कसैलाई पनि छिर्न दिइएको छैन ।
एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ ।
प्रतिक्रिया