काठमाडौं : आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे बहस नहुने भएको छ।
१२ बुँदे ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन भएपछि नारायणकाजी श्रेष्ठसहितका नेताहरुले असन्तुष्टि जनाएका छन् ।
श्रेष्ठ समूहमा छुट्टै पार्टी बनाउने विषयमा समेत छलफल हुन थालेपछि प्रचण्डले स्थानीय चुनावपछि २० जेठमा केन्द्रीय कमिटी बैठक बोलाउने, एमसीसीबारे बहस गर्ने र फरक मत आए तल्लो तहसम्म लगेर छलफल गर्न दिने सहमति गरेका थिए ।
२० जेठको बैठक पटकपटक सर्दै आइतबारदेखि सुरु भएको छ । तर एमसीसीबारे बहस एजेण्डामा नै परेन । प्रचण्डले ९ बुँदे एजेण्डा अघि सारेका छन्, जसमा चुनावको समीक्षा, संगठनात्मक विषय आदि छन् ।














प्रतिक्रिया