सर्लाही : युवा नेता तथा समाजसेवी दिपक महतोको पहलमा वरहथवा नगरपालिकास्थित समाज उत्थान सेवा केन्द्रले [Basic Life Support Ambulance] एम्बुलेन्स पाएको छ।
भारत सरकार तथा नेपाल भारत सहयोग, भारतीय राजदूतावासद्धारा समाज उत्थान सेवा केन्द्र सर्लाहीलाई अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण गरिएको हो ।
प्रदेश नम्बर २ को सर्लाहीमा यो एम्बुलेन्स ल्याइएको पहिलो पटक हो । एम्बुलेस पाएसँगै नगरवासी उत्साहित हुँदै भारत सरकार तथा भारतीय दुतावासका महामहिम राजदूत नवीन श्रीवास्तव एवम दूतावास परिवार साथै युवा नेता महतोलाई धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिक्रिया