रुपन्देहीबाट तीन जना पक्राउ


काठमाडौं : रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्रेको हो ।