गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा हवल्दार थुनामा


सशस्त्र प्रहरी बलको गोप्य सूचना तथा जनशक्ति विवरणसम्बन्धी सूचना सञ्चारमाध्यम र पत्रकारलाई दिएको अभियोगमा एकजना सशस्त्र प्रहरीका कर्मचारी कारबाही परेका छन् ।

संगठनको गोप्य र संवेदनशील सूचना भाइरबर लगायत सामाजिक सञ्जालमार्फत सञ्चारमाध्यमलाई उपलब्ध गराएको अभियोगमा सशस्त्र प्रहरी बल¸ नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भइ हाल दार्चुलामा कार्यरत का.मु. वरिष्ठ हवल्दार नरेशसिंह शाहु कारबाहीमा परेका हुन् ।