सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु


सर्लाहीको बलरा नगरपालिका–७ डुमरियामा हिजो बेलुकी दुईवटा भारतीय नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

हिजो बेलुकी साढे ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते अवस्थामा भारत घर भएका अन्दाजी ३५ बर्षीय शंकर पासवान र २७ बर्षीय रोशन पासवान भेटिएका थिए ।

दुवै घाइतेलाई उपचारको लागी प्रादेशिक अस्पताल मलंगवा ल्याइएकोमा उपचारकै क्रममा शंकरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।