रानीपोखरीमा माछा र हाँस पाल्न काठमाण्डौं महानगरको २५ लाख


काठमाडौं महानगरपालिकाले रानीपोखरीमा माछा र हाँस पाल्ने भएको छ । माछाको भुरा र हाँस खरिद गर्न महानगरले आर्थिक वर्ष २०७९र८० को बजेटमा ५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेटबाट माछा र हाँसका लागि आहारा पनि खरिद गर्नुपर्ने छ ।

यस्तै रानीपोखरी योजनाको विस्तृत परियोजना प्रतिवेदनका लागि पनि बजेट छुट्याइएको छ । जसका लागि महानगरले २५ लाख रुपैयाँ छुटट्याएको छ ।