आकाशे पानी संकलनका लागि २१ करोड रुपैयाँ बजेट


काठमाडौं महानगरपालिकाले पानी भण्डारण, पोखरी निर्माण र आकाशे पानी संकलनका लागि बजेट विनियोजन गरेको छ ।

महानगरले आर्थिक वर्ष २०७९र८० को लागि विनियोजन गरेको बजेट अनुसार आकाशे पानी संकलनका लागि २१ करोड रुपैयाँ छुट्याएको हो । यस्तै इनार र रिजर्भ बोरिङका लागि ५ करोड रुपैयाँ छुट्याएको छ ।

‘रेनवाटर हार्भेस्टिङ तथा रिचार्ज काठमाडौं’ कार्यक्रम चलाउने भएको छ । जसका लागि जलवायु परिर्वतनको क्षेत्रमा आन्तरिक स्रोतबाट १७ लाख ५ हजार रुपैयाँ छुट्याएको देखिन्छ ।

महानगरले खुल्ला स्थानमा पोखरी निर्माण गर्न २ करोड रुपैयाँ तथा सम्पदाको पूर्वाधार विकास निर्माण तर्फबाट पोखरी निर्माण गर्न ५ करोड रुपैयाँ छुट्याएको छ ।