देश विकासको बृहत योजना लिएर काठमाडौं १० मा माओवादी केन्द्रकी अन्जना विशंखे


माओवादि नेतृ अन्जना विशंखे काठमाडौं क्षेत्र न १० बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेकि छिन् । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्रको०स्थायी समिति सदस्य रहेकि विशंखे ३० वर्ष भन्दा बढि समय राजनितिमा सक्रिय रेहिकि छिन् ।

२०३१ असार २८ गते काठमाडौको चन्द्रागिरी नगरपालिका–१० सतुङगलमा जन्मेएकि विशंखे नेपालको कम्युनिस्ट बामपन्थि आन्दोलनमा समाहित महिला, दलित, उत्पीडित जातीजनजातिहरूको अधिकार प्राप्तीको आंदोलनमा सहभागी हुदै राजनितिमा होमिएकि थिइन । स्नातक तह अध्ययन गरेकि विशंखेले ३ वर्ष शिक्षण पेशाको अनुभव पनि सगालेकि छिन् । उनलाई नेपाली, अंग्रेजी, हिन्दी र नेवारी भाषाको ज्ञान छ ।

२०४५ सालमा नेकपा माले निकट अखिल नेपाल महिला सघं वाट राजनीतिक जीवन सुरु गरेकि विशंखे २०४७ ने।क्रा।बि। संघको सदस्य, २०४८ अ।ने।रा।स्व।बि।यु। पद्ममकन्या कलेज उपाध्यक्ष ,२०४८ मा अखिल नेपाल महिला संघ जिल्ला सदस्य, २०५० मा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य हुदै २०५२ सालमा नेकपा ९एकता केन्द्र ० पार्टीको सदस्यता प्राप्त गरे पश्चात २०५३ पुर्णकालीन कार्यकर्ता भइ कम्युनिष्ट आन्दोलन मा सक्रिय रहिन ।

एैतिहासकि २०६२र६३ को जनआन्दोलनमा काठमाडौमा घाईते भई गिरफ्तार समेत भइन विशंखे। नेकपा ९एकता केन्द्र ० र नेकपा माओवादी एकता पश्चात २०६४ एनेकपा माओवादी केन्द्रिय समिती सदस्य भएर , २०६४ देखि २०७० भोजपुरा राज्य समिती सेक्रेटरी र २०६४ देखि २०७३ सम्म अखिल नेपाल महिला सघ ९क्रान्तिकारी० को कार्यालय सदस्य तथा नेकपा माओवादी केन्द्र को २०७३ केन्द्रिय समिती सचिवालय सदस्य भइन ।

। २०७४ सालमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको विचको एकता पछि वनेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को केन्द्रिय समिती सदस्य तथा काठमाडौ जिल्ला समिती सह(ईन्चार्ज भइन । २०७८ सालमा भएको नेकपा माओवादी केन्द्रको महाधिवेसन वाट स्थायी समिती सदस्य सहित वागमती प्रदेस समितीको सह ईन्चार्जमा कार्यरत रहेकि थिइन ।

विभिन्न विकसित देशहरु चाइना , वंग्लादेश , भारत, अमेरीका, व्राजिल, सिंगापुर देशहरुको भ्रमण गरि त्यस देशको विकास र समृद्धि देख्ने मौका पाएको बताउदै नेपाललाई पनि त्यस स्तरमा पुर्याउने सपना रहेको विशंखेको भनाई छ ।