कतिपय कामहरू विवादित, ‘प्रमुखले गरेका हरेक निर्णय उपप्रमुखलाई थाहा हुनुपर्छ’: सुनिता डंगोल


काठमाडौं – १६ जेठ २०७९ मा भएको निर्वाचनमा काठमाडौं महानगरपालिकामा मेयर र उपमेयर दुवै पदमा युवाहरू निर्वाचित भएपछि राजधानीवासीमा एउटा उत्साह सिर्जना भएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन) स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए भने उपप्रमुख सुनिता डंगोल नेकपा एमालेकी उम्मेदवारका रूपमा निर्वाचित भएकी थिइन् । तर, महानगरको कार्यपालिकामा भने नेपाली कांग्रेसको बहुमत छ । यसबीचमा महानगरपालिकाले गरेका कतिपय कामको प्रशंसा भएको छ भने केही कामहरू विवादित पनि छन् । तर, मेयर बालेन भने निरन्तर चर्चामा छन् ।

‘प्रमुखले गरेका हरेक निर्णय उपप्रमुखलाई थाहा हुनुपर्छ । काठमाडौं महानगरपालिका मात्रै होइन, हरेक स्थानीय तहमा प्रमुखले गरेको निर्णयका बारेमा उपप्रमुखलाई जानकारी हुनुपर्छ । प्रमुख र उपप्रमुख सँगसँगै जानुपर्ने हुन्छ । अहिले द्वन्द्व गर्ने होइन, काम गर्ने समय हो । सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्छ । त्यसकारण हरेक विषयमा प्रमुख र उपप्रमुखको सल्लाह गर्नुपर्छ । टिम स्पिरिटमा जानुपर्छ । हो,म कुनै एक पार्टीको उम्मेदवार थिएँ । तर, निर्वाचित भएपछि म काठमाडौं महानगरवासी सबैको साझा जनप्रतिनिधिको हैसियतमा काम गरिरहेको छु र निरन्तर गरिरहने प्रण गर्दछु। तेस्तै सबै कार्यपालिका सदस्यहरुले पनि गर्नु पर्छ । काठमाडौंमा मात्र होइन, हरेक स्थानीय तहमा हुनुपर्छ ।