अनलाइन टिभी नेपाल काठमाडौं, कलैया उपमहानगरपालिका-६ मा रहेको बाल एकता इङलिस बोर्डिङ स्कुलका संचालक रुपेश सराफमाथी गोली प्रहार भएको छ । बोर्डिङ स्कुलबाट कलैया बजार तर्फ आउदै गर्दा पन्ना देवी स्कुल अगाडि अपरिचित समुहले सराफमाथि गोली प्रहार गरेका हुन् । सराफको छातीमा गोली लागेको छ।
गोली लागेर गम्भीर घाइते भएका सराफलाई थप उपचारको लागि वीरगन्ज लगिएको बारा प्रहरीले जनाएको छ।
प्रतिक्रिया