तराईको जीवन गर्मिले कस्टकर हुदा प्राधिकरणले बिजुली काट्यो=सांसद ज्ञवाली

576
Shares

सत्ता साझेदार दल नेकपा (एमाले)की सांसद शोभा ज्ञवालीले तराईमा गर्मीले जनजीवन कष्टकर भएको बेलामा विद्युत प्राधिकरणले बिजुली काटेको आरोप लगाएकी हुन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद ज्ञवालीले बाँके, बर्दिया लगायतका जिल्लाहरूमा प्राधिकरणले बत्ती काटेको आरोप लगाएकी छिन् ।

गर्मीका कारण मानिसहरूको ज्यान गएको छ । तर विद्युत् प्राधिकरणले बर्दिया बाँकेलगायत तराईका जिल्लाहरूमा बत्ती काट्ने गरिरहेको छ। विद्यालयमा समेत बत्ती काटिँदा बालबालिकहरू बेहोस् हुने खबरहरू आएको छ। लोडसेडिङका कारण सिँचाइका मोटरहरू नचलेर धान, गहुँ, तरकारी, फलफूलका बिरूवा सुकेर गएको पनि उनले गुनासो पोखेकी छिन् । किन विद्युतको समस्या बल्झिरहेको छ? यथाशीघ्र समाधान गराउन आग्रह छ,’ उनले थप भनेकी छिन् ।