विपद्का घटनामा मृत्यु हुनेको सङख्या ८३ पुग्यो

648
Shares

काठमाडौं– अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर ८३ जनाको मृत्यु भएको छ। जेठ २८ गतेदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ।

सो समयमा बाढीपहिरामा परेर एक सय ६ जना घाइते भएका छन्। हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएका छन् ।