प्रधानमन्त्री ओलीसहित नेताहरुको यमपूजा गर्दा पक्राउ परेका खतिवडाको रिहाइको माग गर्दै निवेदन


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर मृत्युको कामना गर्दै अनुष्ठान गरेको आरोपमा पक्राउ परेका धर्मगुरु भन्ने पुष्कर खतिवडालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ।

खतिवडाको तर्फबाट आवास अधिकारीले मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् ।

मृत्यूको लागि यमराजको पूजा गर्ने भन्दै सोमबार खतिवडाले अनुष्ठानको आयोजना गरेका थिए । जहाँ उनले पूजा सामग्रीहरूको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेका थिए । उनले मन्त्रोच्चारण गर्ने क्रममा प्रहरीले पक्राउ गरेर लगेको थियो । सोपछि उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।

काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार कसुरमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको हो ।