पेरिस ओलम्पिकमा सहभागी खेलाडी चोरीको शिकार

576
Shares

एजेन्सी– फ्रान्समा जारी पेरिस ओलम्पिकमा सहभागी खेलाडीहरुको सामान चोरी भएको पाइएको छ। गएराति पेरिस प्रहरीसँग आयोजकले खेलाडीले आफु चोरीको सिकार भएको बताएको जानकारी दिएको हो।

जापानको रग्बी सेभेन्सका खेलाडी चोरीको शिकार भएका छन् । उनको साथमा रहेको विवाहको औठी, नेक्लेस र नगज रकम कोठाबाटै चोरी भएको हो। पेरिसको केन्द्र भागदेखि केही उत्तरमा रहेको क्षेत्रमा यो चोरी भएको हो।

यस्तै, अर्जेन्टिना फुटबल टिमका प्रशिक्षकले पनि आफ्नो खेलाडीहरु लुटिएको बताएका छन्।

दुईवटा चोरीको घटनापछि पेरिस प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।