कुन रियालिटी शो ल्याउँदै छ नोबडी प्रोडक्सन ?

792
Shares

काठमाडौं– चर्चित रियालिटी शो ‘को बन्छ करोडपती’ नेपालमा ल्याएको नोबडी प्रोडक्सनको डोको युट्युब च्यानलमा आज अचानक एउटा मेजर अनाउन्समेन्ट भनेर भिडियो अपलोड भएको छ। पछिल्लो दुईवर्षसम्म कुनै कार्यक्रम नल्याएको प्रोडक्सनले साँझ ६ बजे प्रिमियर गर्न लागेको उक्त भिडियोले धेरैजनामा खुलदुली मचाइदिएको छ।

को बन्छ करोडपतिका साथै सारेगामापा लिटल च्याम्पस, क्राइम पेट्रोल जस्ता विश्वस्तरीय रियालिटी सो नेपालमा ल्याएको यो टिमलाई लकडाउनको समयमा नेपालकै पहिलो पोएट्री सो मझेरी गर्ने पनि श्रेय जान्छ। कोभिडले नरोकेको भए यो टिमले सायद द लिडर जस्तो अद्भुत रियालिटी शो पनि गरिसकेको हुन्थ्यो। दुई वर्षपछि अचानक आएको यो अनाउन्समेन्टले नोबडी प्रोडक्सनबाट उत्पादन हुने क्वालिटी शो हेर्ने बानी परेका दर्शकहरूलाई खुसी बनाएको छ।