ऐश्वर्या रायसँग सम्बन्ध विच्छेद गर्ने भन्दै अभिषेकको डिपफेक भिडियो सार्वजनिक

576
Shares

काठमाडौं– डिप फेक भिडियोका कारण सेलेब्रेटीहरु पीडित बनिरहेको बेलामा बलिउड अभिनेता अभिषेक बच्चनको एउटा डिप फेक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले आफ्नो पत्नी ऐश्वर्या रायसँग डिभोर्स लिन लागेको बताइरहेका छन् ।

पछिल्लो समयमा विश्व सुन्दरी ऐश्वर्या राय र अभिषेक बच्चनको बैबाहिक सम्बन्ध राम्रो नरहेको चर्चा चलिरहेको छ। उनीहरुले सम्बन्धविच्छेद गर्न लागेको समेत खबर पनि आइरहेका छन् । यसैबिच अभिषेकको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा उनले ऐश्वर्यासँग डिर्भोष लिन लागेको घोषणा गरिरहेका छन् । भिडियोमा भनिएको छ, ‘ऐश्वर्या र मैले डिभोर्स गर्ने निर्णय गरेका छौँ,’ भिडियोमा अभिनेता भन्छन्, ‘यस जुलाईमा ऐश्वर्या र मैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छौँ। पछिल्ला केही वर्ष मेरी छोरी आराध्याका लागि राम्रो रहेनन् । तर, आज म यहाँ ऐश्वर्यासँग डिभोर्स लिनुको कारणबारे कुरा गर्न आएको छु ।’

तर यो भिडियो भने फेक रहेको छ । यसमा अभिषेकको आवाज र लिप सिङ्किङसँग पटक्कै मेल खाइरहेका छैन । आवाज पनि फरक सुनिएको छ । यो भाइरल भिडियो एआई प्रविधि वा कुनै अनलाइन उपकरण प्रयोग गरेर बनाइएको हो। यो भिडियो फेक भएको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले भिडियोको निन्दा गरिरहेका छन् ।

हालै सम्पन्न भएको अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा अभिषेक र ऐश्वर्या छुट्टाछुट्टै सहभागी भएका थिए । सोपछि उनीहरु छुट्नि लागेको चर्चा चल्न थालेको थियो । यस पार्टीमा ऐश्वर्या छोरी आराध्यासँग पुगेकी थिइन् । पार्टीमा अभिषेकसहित बच्चन परिवारका बाँकी सदस्यहरू छुट्टै गएका थिए। यसबाहेक हालै अभिषेक बच्चनले सामाजिक सञ्जालमा उनीहरुको सम्बन्धविच्छेदसँग जोडिएको एक पोस्टलाई लाइक गरेपछि उनीहरु वास्तवमै छुट्टीन लागेको अड्कलबाजी बढेको थियो ।

रस्मिका मन्दना, आमिर खान, रणवीर सिंह, क्याट्रिन कैफ लगायतका बलिउड कलाकार यसअघि डिप फेकको सिकार भइसकेका छन् ।