भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य: रास्वपा


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारको मुद्दामा हदम्याद अस्वीकार्य भएको बताएको छ । रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको थियो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचार निवारणसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा भएको र यो कदाचित स्वीकार्य नरहेको बताएका छन् ।

भ्रष्टाचारको आशंका हुँदा कुनै पनि बेला छानबिन गरेर मुद्दा चल्न अवस्था हुनुपर्ने रास्वपाको निष्कर्श छ । सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरिएको छ भने कांग्रेसले यसको विरोध गरेको छ ।