थामे खोलामा बाढी आएपछि सतर्कता अपनाउन आग्रह, हिमताल फुटेको हुनसक्ने आशंका


काठमाडौं– सोलुखुम्बुको थामे गाउँमा आएको बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

आज दिउँसो सोलुखुम्बुको दूधकोशीको सहायक खोला थामे खोलामा लेदोसहित आएको बाढीले थामे गाउँलाई क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हिमताल फुटेर बाढी आएको आशंका गरेको छ ।