गुडिरहेको माइक्रोमा ढुंगा खस्यो, दुई जना घाइते


फाइल फोटो

काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा मा काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको हो ।

दुर्घटनामा गाडीमा सवार देवचुली नगरपालिका–१३ की ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भकाए छन् । उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरपुर लगिएको छ ।