खुल्यो नारायणघाट–मुग्लिन सडक


चितवन– रूख र बिजुलीको पोल ढलेर अवरूद्ध भएको नारायणघाट–मुग्लिन सडक खुलेको छ।

सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक बिहान साढे १० बजे खुलेको हो ।

रूख ढलेर रोकिएका सवारी साधनहरू बाटो खुलेलगत्तै गन्तव्यतर्फ लागेका छन्। बिहानदेखि सवारी साधनहरू रोकिएका हुनाले उक्त सडकखण्डमा अहिले सवारी साधनको चाप छ।

बिहान ८ बजे भरतपुर महानगरपालिका–१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल सडकम आरपार हुनेगरी ढलेको थियो। लगत्तै ढलेको रूख हटाउन सुरक्षाकर्मीहरू खटिएका थिए।