हनिट्रयापमा पारेर ५० वर्षीय पुरुषको अपहरण, ५ लाख फिरौती रकम लिएर हत्या


काठमाडौं– ‘हनीट्र्याप’ मा पारेर अपहरणपछि हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले हत्या गरेको छ । काठमाडौंको कीर्तिपुरका विनोद खड्गीको अपहरणपछि फिरौती रकम लिएर हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कीर्तिपुरका ५० वर्षीय खड्गीको शव असोज ६ मा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलोमा भेटिएको थियो । उनी असोज ५ गतेदेखि हराएका थिए ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षकी मनिषा महतको समूहले खड्गीलाई ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ । उनको समुहका काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमसमेत पक्राउ परेका छन् ।

मनिषाले ५ गते बिहान विनोदलाई नागरिकता बनाउन जान सहयोग गर्नुपर्‍यो भन्दै भक्तपुर बोलाएकी थिइन् । साढे ११ बजेतिर त्यहाँ पुगेका विनोदलाई मनिषा र शिवमले मिलेर रक्सी खुवाएका थिए । त्यही क्रममा खोर्सानी किन्ने बहानामा बाहिर गएकी मनिषाले साथीहरुलाई बोलाएको र कोठामा पुग्नासाथ आक्रमण गरेका थिए ।

त्यसछि घाइते बनेका विनोदको उनीहरुले हातखुट्टा बाँधेर फिरौतीका लागि बार्गेनिङ गरेका थिए । मनिषाले फिरौतीका लागि १० लाख मागेकी थिइन् ।

तर आफू त्यती पैसा दिन नसक्ने भन्दै ५ लाख दिन सक्ने बताएका थिए । त्यसपछि आफ्नो कर्मचारी प्रदीप थापा मगरलाई फोन गरेर विनोदले ५ लाख रुपैयाँ ल्याउन भनेको र साँझ ५ बजेतिर भक्तपुरको राधेराधेमा पैसा बुझाएको प्रहरीले जनाएको छ ।

तर फिरौती रकम पाएपछि पनि मनिषाको समूहले उनलाई छाडेनन् । विनोदकै गाडीमा राखेर सुर्यविनायक–७ स्थित गुन्डु जाने सडकमा पुर्‍याएको र गाडीभित्र ढुंगाले हानेर हत्या गरेको देखिएक प्रहरीले जनाएको छ । गाडीभित्रै ढुंगाले छातीमा हानेर उनको हत्या गरेको पाइएको हो ।

हत्यापछि साँगा, धुलिखेल हुँदै पाँचखालको ४९ किलो भन्ने ठाउँमा पुर्‍याएर अरनिको राजमार्गबाट तल झाडीमा शव फालेर उनीहरु भक्तपुर फर्किएका थिए । विनोदको गाडीलाई पुरानो थिमीमा छाडेर उनीहरुले फर्किएका थिए ।

अंसु खान र शिवमसँग मिलेर मनिषाले तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुल गरेक पाइएको प्रहरको भनाइ छ । भारतमा लुटपाटपछि उनीहरुले नेपालमा पनि मनिषामार्फत धनी व्यक्तिलाई ‘हनीट्रयाप’मा पार्ने र रकम लुट्ने योजना बनाएको प्रहरीको दाबी छ । भारतीय नागरिक भनिएका अंशु र शिवमको इन्टरपोलमार्फत खोजी भइरहेको प्रहरीले जनाएको छ।

विनोदको हत्यापछि उनीहरुले पैसा बाँडेका थिए । अंशुले मनिषालाई एक लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार, रोशनी महतलाई ५० हजार रुपैयाँ दिएको प्रहरीको दाबी छ ।

घटनाबारे प्रहरीले थाहा पाएपछि प्रहरीले सोधपुछ गरेमा मनिषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेको र विवाद भएपछि आफूखुसी निस्किएको बयान दिने सहमति समेत उनीहरुमा थिएको थियो । तर त्यही दिन प्रहरीले मनिषासहितका व्यक्तिलाई पक्राउ गर्‍यो।