झन्डै एक दर्जन फन्का मारेपछि बल्ल अवतरण गर्न दिइयो थाइ एयरको जहाज

5.1k
Shares

काठमाडौं– नेपालमा उडान अनुमतिको म्याद सकिएको थाई एयर एसियाको जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न अनुमति दिइएको छ । उक्त जहाज साँढे दुई बजेतिर काठमाडौंमै अवतरण गर्न अनुमति दिइएको हो ।

उक्त जहाज बैंककबाट बिहान ११ः ५० बजे काठमाडौंको लागि छुटेको थियो । दिउँसो २ बजे काठमाडौंमा सो हजाज आइपुगेको थियो । तर अवतरण अनुमति सकिएको जहाज लिएर आएपछि उक्त जहाज आकाशमै यात्रुसहित ‘होल्ड’ हुन पुगेको थियो ।

उक्त जहाजसँग नेपालमा उडान गर्ने अनुमति शनिबार नै सकिएको भन्दै विमानस्थलमा अवतरण हुन दिइएको थिएन । जहाज डाइभर्ट हुनुपर्ने नेपालमा बस्न नमिल्ने भन्दै अवतरण हुन दिइएको थिए ।

आकाशमै होल्ड भएर करिब एक दर्जन फन्को लगाएपछि उक्त जहाजले अवतरण अनुमति पाएको छ । जहाजमा रहेका यात्रुको सुरक्षा र मानवीयताका आधारमा जहाजलाई काठमाडौंमा अवतरण अनुमति दिइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताएका छन् ।