सरकारको सय दिनः ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार

720
Shares

प्रतिकात्मक तस्बीर

काठमाडौं– सरकारले एक सय दिनमा ज्यान जोखिममा परेको दुर्गम क्षेत्रका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडीले सय दिनको उपलब्धि सार्वजनिक गर्दै ४८ जना महिलाको उद्धार गरेको जानकारी गराएका हुन् ।

मन्त्रालयका सचिव दिनेश भट्टराईले राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारमा सरकार सधैँ चनाखो रहेको दाबी गरे । उनले कहिलेकाहीँ सेनाको हेलिकप्टर नपाउँदा वैकल्पिक व्यवस्था गरेर भए पनि सेवा प्रदान गर्दै आएको बताए।