काठमाडौं महानगरले कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण

216
Shares

काठमाडौं– काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा ‘मोडुलर अपरेसन थियटर’ निर्माण गरिदिने भएको छ । महानगरले उक्त कार्यका लागि रु पाँच करोड ५० लाख उपलब्ध गराउने सम्झौता भएको अस्पतालका निर्देशक डा पङ्कज रायले जानकारी दिएका छन् ।

मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी जेठ मसान्तभित्र सम्पन्न गरिने जनाइएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन सहयोग गर्न लागिएको बताए। उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको बताए ।

महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने भएको छ ।