दीपक पनि बाहिरी ब्यानरमा काम गर्दै, सरोजको फिल्ममा आवद्ध



कलाकार दीपकराज गिरीले बाहिरी ब्यानरको फिल्ममा काम गर्ने पक्का भएको छ । केही समययता दीपकले आमा सरस्वती मुभिज बाहिरको फिल्ममा काम गर्ने चर्चा चलिरहेको थियो ।

अब, भने दीपक औपचारिक रुपमा निर्माता सरोज न्यौपानेको फिल्ममा अनुवन्धित भएका छन् ।

दीपक कलाकारको रुपमा मात्र यो फिल्ममा अनुवन्धित भएको बताइएको छ । फिल्मको नाम अहिले राखिएको छैन । यो फिल्मलाई आउँदो बर्षको तिहारमा रिलिज गरिने तयारी गरिएको छ ।

दीपकले आमा सरस्वती मुभिजको व्यानरमा काम गर्न थालेपछि बाहिरी ब्यानरको फिल्ममा काम गरेका छैनन् । तर, यो टिमका अधिकांश कलाकार बाहिरी ब्यानरमा काम गर्न लागिपरेका छन् ।

जितु नेपाल यो टिमबाट बाहिरिसकेका छन् भने केदार घिमिरेले पनि बाहिरी ब्यानरको फिल्ममा काम गर्दैछन् । अब, दीपक भने सरोजसँग सहकार्य गर्न तयार भएका हुन् ।