‘महाभोज’पछि ‘परान’मा काम गर्दै अञ्जना



फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ ब्लकबस्टर भएपछि नायिका अञ्जना बराइलीको हातमा फिल्म नै फिल्म परेको छ । उनले, फिल्म ‘डोरी’को छायांकन सकाएकी छिन् ।

अब, उनले नयाँ फिल्म ‘महाभोज’मा काम गर्दैछन् । यो फिल्ममा उनले दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने जस्ता नायकहरुसँग सहकार्य गर्दैछिन् ।

उनै, अञ्जनाले अब नयाँ फिल्म ‘परान’मा काम गर्ने पक्का भएको छ । दीपक प्रसाद आचार्यको लेखन तथा निर्देशन र यम प्रसाद थापाको पटकथा तथा संवाद रहने छ । यस फिल्ममा अञ्जना ‘रुपा’को भूमिकामा देखिदैछिन् । यो फिल्ममा रञ्जित आचार्य र शेखर गोल्छाको लगानी रहनेछ । बाइस्कोप सिनेमाको प्रस्तुतिमा यो फिल्म बन्न लागेको हो ।