कस्तो छ दया अभिनित ‘कार्साङ’को इनिसियल व्यापार ?



६ महिनापछि पर्दामा फर्किएका नायक दयाहाङ राई अभिनित फिल्म ‘कार्साङ्’ शुक्रबारदेखि हलमा लाग्यो । यो फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको थियो ।

तर, आम फिल्मीकर्मी र समीक्षकहरुको सोचाई अनुसार यो फिल्मले ओपनिङ गर्न सकेन ।

फिल्म ‘कार्साङ्’ले बक्स अफिसमा फितलो ओपनिङ गरेको छ । फिल्मको व्यापार शुक्रबार भन्दा शनिबार अझ कमजोर देखिएको छ । शनिबार व्यापार बढ्ने अपेक्षा गरिएको थियो ।

अब, यो फिल्मले आजबाट सुखद व्यापार गर्न आवश्यक छ । होइन भने नेपाली बक्स अफिसमा यो फिल्मको व्यापार दयनीय हुनेछ ।

यम शेर्पाको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, जितु नेपाल, दिया मास्के, श्रृजना निङलेखु लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मले बक्स अफिसमा कमजोर ओपनिङ गरेपछि फिल्मी क्षेत्रमा चिन्ता पैदा भएको छ । असोज र कात्तिक महिनामा फिल्मले मारामार व्यापार गर्दा फिल्मीकर्मी खुशी देखिएका थिए ।

तर, पौष महिना फिल्म क्षेत्रका लागि चिसो महिनाको रुपमा चित्रित हुने देखिएको छ । अर्कोतिर, दयाहाङ जस्ता कलाकार हुँदा पनि फिल्मले अपेक्षित ओपनिङ गर्न नसक्नु आफैमा सोचनिय बिषय हो ।