पूर्व सांसद बिमल कार्की पनि निलम्बित, ओलीको राजीनामा मागेको आरोप


काठमाडौं । नेकपा एमालेले पूर्व सांसद बिमल कार्कीलाई कारबाही गरेको छ । कोशी प्रदेशका पूर्व सांसद रहेका उनी प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्ती केपी शर्मा ओलीको निरन्तर आलोचना र राजीनामा माग्दै आएका कार्की ६ महिनाका लागि पार्टीबाट निलम्बनमा परेका हुन् ।

पुस २७ र २८ मा बसेको एमाले कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमालेले जनाएको छ । उनलाई मङ्सिर ६ गते स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएपछि ६ महिनाका लागि निलम्बन गरेको हो ।